अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

प्रधानन्यायाधीश राणाद्धारा सम्मानजनक वहिर्गमनको प्रस्ताव, समस्याको निकासका लागि वार्ता गरिने

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:०१ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाउनुभएको छ । उहाँको राजीनामा मागिरहेका न्यायाधीशहरू आइतबार पनि छलफलमा बसिरहेका बेला प्रधानन्यायाधीश जबराको प्रस्ताव न्यायाधीश मनोज शर्मामार्फत पुगेको थियो । त्यस्तो प्रस्ताव आएपछि न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशको प्रस्तावबारे स्पष्ट कुरा बुझ्न अनौपचारिक रूपमा जिम्मेवारी दिइएको बताईएको छ ।

यो संगै प्रधानन्यायाधिशको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग फेरि वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भोली छलफल गर्ने निर्णय गरेको हो । छलफलका लागि वातावरण बनाउन आज नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएका छन् ।

न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहर समेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ । न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीशलाइ जिम्मा दिने निर्णय पनि गरेका छन् ।

प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिने निर्णय भएको छ । उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू