अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ७:५८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै एक एक पवित्र आकर्षणस्थल रहेको उल्ल्ेख गर्दै उहाँले यसको विकासका लागि नागरिकलाई समर्थनमा लिएर काम गर्नुपर्ने बताउनुभयो ।

आज आइतवार लुम्बिनी पुग्नुभएकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै राष्ट्रपतिले लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा राख्नुभयो ।

उहाले सांसदहरू, पूर्वमन्त्रीहरू, मेयरहरूलगायतलाई सम्बोधन गर्दै लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिनुभयो । बज्रयान महाविहारमा आयोजित कार्यक्रममा स्वागत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. नरेशमान बज्राचार्यले लुम्बिनीमा नेपालको विहार नभएको हुँदा आफूहरूको अग्रसरतामा बज्रायान महाविहार निर्माण गरेको बताउनुभयो । उहाँले यसका लागि काठमाण्डौ महानगरपालिकाले चार करोड २९ लाख रुपैयाँ सहयोग गरेकोसमेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू