अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

प्रधानन्यायाधिशको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसन धर्नामा

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ७:५९ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । न्यायालयको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग सहित बारका कानुन व्यवसायीहरू धर्नामा बसेका हुन् । धर्ना कार्यक्रममा बरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीहरूको सहभागीता रहेको थियो ।

नेपाल बार एशोसीयसनले कात्तिक १७ गतेसम्म बिरोधको कार्यक्रम जारी रहने बताएको छ । कानुन व्यवसायीहरूले आज हातमा कालोपट्टीसमेत बाँधेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरूको आन्दोलन कुनै व्यक्तिविरुद्ध नभई न्यायपालिका शुद्धीकरणको लागि भएको बताएका छन् ।

न्यायालय शुद्धीकरणको लागि प्रधानन्यायाधीशको राजीनामा पहिलो शर्त भएको पनि उनीहरूले बताएका छन् । विवादमा मुछिएका उहाँले निकास दिनु पर्ने भन्दै सर्वोच्चका अरू न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका थिए । मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेको लगायत विषयमा अहिले प्रधानन्यायाधीश जबराको आलोचना भइरहेको छ । सर्वोच्चमा उहाँ बाहेक सबै न्यायाधीश एकातिर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू