अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा पूजाअर्चना

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:२७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शनका लागि राष्ट्रपति भण्डारी बिहान काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मुक्तिनाथ पुग्नुभएको हो ।

कोरोना भाइरसको महामारीका कारण धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवं तीर्थयात्रा प्रभावित भएको अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरक्षित छ भन्ने सन्देश दिन राष्ट्रपति भण्डारी मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो। राष्ट्रपति भण्डारी मुस्ताङबाट ढोरपाटन सिकार आरक्षको अवलोकन भ्रमणमा जाने कार्यक्रम छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू