अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

नेकपाका नेता, कार्यकर्ताको रिहाइको लागि गृहकार्यमा छौं– कार्यबाहक प्रधानमन्त्री खाँण

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:२३ मा प्रकाशित

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । गृहमन्त्री समेत रहनुभएका मन्त्री खाँणले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रूपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।

कार्यबहाक प्रधानमन्त्री खाँणले सो पार्टीका एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको जानकारीसमेत दिनुभयो । उहाँले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरूको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताउनुभयो ।

सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको भन्दै कार्यबाहक प्रधानमन्त्री खाँणले त्यसका लागि राजनीतिक दलहरूसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू