अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्छ – ऊर्जामन्त्री भुसाल

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:१२ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताउनुभएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा भएको विद्युतीय गाडीको र्यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै दुई अर्ब र खाना पकाउने एलपी ग्याँसको आयातमा ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो ।

बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युतको उपयोग बढाउनुको विकल्प नरहेको उहाँको भनाइ थियो । उहाँले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युतको खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताउनुभयो ।मन्त्री भुसालले विद्युतीय गाडीको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र यसले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार÷पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आउँदो दिनमा अझ बढ्ने निश्चित रहेकाले विद्युतको खपत बढाउन विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू