अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

संघीय निजामती ऐन अघि बढ्छ– शिक्षामन्त्री पौडेल

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:११ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताउनुभएको छ । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले संसदमा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताउनुभयोे हो ।

‘संघीय निजामति ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसदमा अड्किएको छ,’ उहाँले भन्नुभयो ‘यसबारेमा अस्तिको ब्याविनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।’ फरक प्रसङ्गमा मन्त्री पौडेलले पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणमा लाग्नुपर्ने संकल्प गरेकाले फेरि तल्लो तहबाट जुटेर संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीमा २०६४ सालको कुरा उठ्दै गर्दा आफूहरु कोही पनि त्यो समयको जस्तो नभएको भन्दै सच्चिन आवश्यक रहेको बताउनुभयो । द्वन्द्कालमा विस्तापित कर्मचारी र शिक्षकका समस्याका विषयमा सरकार सकारात्मक रहेको बताउँदै मन्त्री पौडेलले समस्या सम्बोधन गर्ने आश्वासन दिनुभयो । उहाँले अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।

कतिपयले माओवादीले अब चुनाव जित्दैन भनेपनि आफुहरु संगठन निर्माणमा संकल्पमा रहेको उल्लेख गर्दै उहाँले फेरि ०६४ साल जस्तै पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू