अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

जलवायु परिवर्तनको समस्या समाधानमा एकजूट हुन राष्ट्रसंघका महासचिव गुटेरसको आह्वान

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:०८ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तन र कोरोना भाईरसको समस्या समाधानका लागि एकजूट हुन आह्वान गर्नुभएको छ । इटलीको रोममा जी ट्वान्टी सम्मेलन शुरु हुनु अघि उहाँले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तनको खतरनाक समस्या हल गर्न र कोरोनाको खोप वितरणको असमानता हटाउन आह्वान गर्नुभएको हो ।

गुटेरसले ठूला शक्ति राष्ट्रहरुबीच देखिएको भयंकर अविश्वासको वातावरण नै समस्या समाधानको अवरोध भएको भन्दै उहाँले जलवायु परिवर्तनको समस्या समाधान गर्न ब्यापक राजनीतिक इच्छाशक्तिको जरुरी देखिएको उल्लेख गर्नुभयो । विश्वको कुल गाहस्र्थ उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने जी ट्वेन्टी राष्ट्रका नेताहरुको सम्मेलनले भोलिदेखि बेलायतको स्कटल्याण्डमा शुरु हुने विश्व जलवायु सम्मेलनबारे धारणा तय गर्ने अपेक्षा गरिएको छ ।

महासचिव गुटेरसले विकासशील राष्ट्रहरुलाई बार्षिक १ सय अर्ब डलरको सहायत उपलब्ध गराएर उनीहरुको जलवायु अर्थतन्त्रलाई सहयोग गर्न र विश्व तापमानलाई २ दशमलव ७ डिग्रीबाट तल झार्न पनि आह्वान गर्नुभयो । कोरोना भाइरसको खोप वितरणमा भईरहेको असमानताको पनि उहाँले भत्र्सना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू