अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल आउँदै

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:०७ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आउनुहुने भएको छ । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप पछि उतैबाट कतार हुँदै कुवेत गएका अल्मुताइरी शनिबार नेपाल फर्किन लाग्नुभएको हो ।

अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिनुभएको हो । च्याम्पियनसिपकै बेला अब नेपाल नफर्किने घोषणा गर्नुभएका उहाँ अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघसँग छलफलपछि तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रूपमा काम गर्न सहमत हुनुभएको थियो ।

यसअघि अल्मुताइरीले नेपाल फर्किएपछि आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी गराउने बताउनुभएको छ । नेपाली फुटबलप्रेमी माझ लोकप्रिय अल्मुताइरी सामाजिक सञ्जालमा लेख्ने स्टाटस र आफ्नै बोलीले विवादमा आइ आईरहनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू