अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

दुई वर्षपछि पुष्प मेला, व्यवसायी खुशी

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:२९ मा प्रकाशित

कोरोना महामारीको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेकोमा शुक्रबारबाट पुष्प मेला शुरु भएको छ ।चार दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै व्यवसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् । मेलाको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्दै सरकार आन्तरिक उत्पादन प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको पनि बताउनुभयो ।

पुष्प व्यवसायीहरुले मेला शुरुभएसंगै अब पुष्प व्यवसाय फस्टाउने आशा जागेको बताए । सयपत्री फूल नेपालमा प्रशस्तै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरुले भारतबाट आयात गर्दा नेपाली बजार विग्रिएको पनि व्यापारीहरुले गुनासो गरेका छन् ।जथाभावि फूल आयात निरुत्साहित गरे स्वदेशी उत्पादनले बजार पाउने उद्यमीहरुको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू