अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र स्पेनका सभामुखबीच भेट

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:२१ मा प्रकाशित

स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेको छ ।बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका सभामुख देलगाडो नेतृत्वको टोलीले आज अध्यक्ष तिमिल्सिनासँग भेट गरेको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा स्थानी तहबीच सहकार्यमा जोड दिनुभएको थियो । सभामुख देलगाडोले सहकार्यका लागि आफ्नो पहल रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू