अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

गरिब मुलुकहरुलाई कोरोना खोप दिन धनी मुलुकहरुलाई ईन्डोनेसियाको आह्वान

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:१८ मा प्रकाशित

कोरोना भाईरसबाट नराम्रोसंग प्रभावित मुलुक मध्येको एक इण्डोनेसियाले गरीब मुलुकहरुलाई पनि खोप बाँड्न धनी मुलुकहरुलाई आह्वान गरेको छ । कोरोना विरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै ईन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बीबीसीसँगको अन्तर्वार्तामा सीमित देशहरुले मात्रै सवै खोप पाउने र गरीब देशहरुले अलिकतिमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

विश्व जलवायु सम्मेलनमा सहभागी हुन बेलायत जानुअघि दिएको अन्तर्वार्तामा राष्ट्रपति विदोदोले यो संकटको बेला धनी मुलुकहरुले गरीब मुलुकहरुलाई सहयोग गरेर विश्व संकट समाधानमा सहयोगी बन्नुपर्नेमा जोड दिनुभएको छ । ईन्डोनेसियामा अहिले पनि दैनिक ५० हजार कोरोना संक्रमित भईरहेका छन् भने १ लाख ५० बढीको ज्यान गईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू