अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 09:45

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:१७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्ले शुक्रबार रातिदेखि दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो ।

अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।लामो समयदेखि संसद चले पनि प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोध र विरोधका कारण बैठकले सोचअनुरुप कार्य गर्न सकिरहेको थिएन ।

संसदको अहिलेको अधिवेशनमा केपी शर्मा ओली सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई विधेयक ल्याएर संसदबाट पास गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू