अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 19:02

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनका पक्षमा उभिन सत्तारुढ कांग्रेसका १२ नेताको आह्वान

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:१६ मा प्रकाशित

सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनका पक्षमा उभिन आह्वान गरेका छन् । आज शुक्रवार एक प्रेस विज्ञप्ति निकालेर कांग्रेसका १२ युवा नेताले न्यायिक शुद्धीकरणका लागि भइरहेको आन्दोलनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे , जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति निकालेर न्यायपालिकाबारे उठेका प्रश्नलाई कांग्रेसले नजरअन्दाज गर्न नहुनेमा जोड दिएका छन् ।

विज्ञप्तिमा अहिलेको आन्दोलन न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकाले कांग्रेसले आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा सङ्घर्ष गरेकोमा यस विषयमा मौन बस्न नमिल्ने भनिएको छ ।

साथै न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका लागि अहिले देखिएको समस्या हल गरेर मात्र नपुग्ने र संविधान, कानुन, नियत, अभ्यास, शैली र प्रक्रिया सबैमा गम्भीर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो रहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू