अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

युथ २३ फुटबलमा नेपालको लगातार हार

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:१५ मा प्रकाशित

एएफसी युथ २३ एसियन कप फुटबल छनोट प्रतियोगितामा नेपाल यात्रा समूह चरणमै सीमित बनेको छ । समूहको दोस्रो खेलमा हिजो ताजकिस्तानसँग ६–० ले पराजित भएपछि नेपालको संभावना सकिएको हो ।

पहिलो खेलमा नेपाललाई इरानले ४–० ले हराएको थियो । अब समूहको अन्तिम खेलमा नेपालले आइतबार लेबनानको सामना गर्नेछ । समूह ‘बी’ मा लगातार दोस्रो जितपछि ताजकिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ भने समान ६ अंक जोडेको इरान गोल अन्र्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

लगातार दुई हार व्यहोरेका नेपाल र लेबनानले अंक जोड्न सकेका छैनन् । हिजो भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराएको थियो । ११ समूह रहेको छनोट चरणबाट प्रत्येक समूहको विजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसिया कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू