अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५
| Colorodo: 20:50
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नजिक पुगेको छ । आज सम्म विश्वभरि कोरोनाका कारण ४९ लाख ९८ लाख ८ सय ५७ जनाको मृत्यु भएको छ । यस्तै कोरोनाका कारण विश्वभर २४ करोड ६४ लाख ९ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै कोरोना भएर पनि २२ करोड ३२ लाख ४९ हजार मानिसहरु उपचार पछि निको भएका छन् ।
यस्तै कोरोनाका कारण अमेरिकामा मात्रै ४ करोड ६६ लाख ८५ हजार मानिस सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै कोरोनाका कारण ७ लाख ६३ हजार मानिसको मृत्यु भएको छ । यस्तै भारतमा मात्रै कोरोनाको कारण ४ लाख ५७ हजार मानिसहरुको मृत्यु भएको छ । यसैगरि ब्राजिलमा भने ६ लाख ७ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।