अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

देशभर ५ सय ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:०३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।

नयाँ थपिएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर रहेका सङ्क्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा ७१, प्रदेश २ मा १६ तथा बागमती प्रदेशमा २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ६२, लम्बिनीमा ७२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू