अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकममा सुधार

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ८:०८ मा प्रकाशित

पछिल्ला केहि दिन यता शेयर बजार परिसूचक नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि शेयर बजारले सकारात्मक लय समातेको छ। अल्पकालिन कारोबारीहरु सक्रिय हुँदा सूचकमा उतारचढाब देखापरे पनि द्धिर्घकालिन लगानीकर्ताहरु हाबी हुँदै गएपछि बजारको वृद्धि जारी छ । गत आइतबारदेखि बढेको बजार बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ ।

बजारले सुधारात्मक लय समाएपछि कारोबार रकममा समेत क्रमिक सुधार आउन थालेको छ । यसले आगामी दिनमा बजार अझै माथि उक्लने संकेत गरेको एक लगानीकर्ताले बताएका छन् । बुधबार नेप्से सूचक १८.०६ अंकले बढेको छ । यसदिन ६ अर्ब ६१ करोड रुपैयाँ बढीको शेयर किनबेच भयो । मंगलबार ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढेको छ ।

यस साताको पहिलो दिन आइतबार नेप्से २७.५१, सोमबार ८३.६३ र मंगलबार ७८.८२ अंकले बढेको थियो । बुधबारको वृद्धिपछि नेप्से परिसूचक २७६९.१३ अंकमा उक्लिएको छ । बुधबार नविल बैंकको सबैभन्दा धेरै ४३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४।७१ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू