अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

हिन्दुमाथि बंगलादेशमा आक्रमण, भारतमा मुस्लिमका घर र व्यवसाय तोडफोड र आगजनी

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ८:०७ मा प्रकाशित

बंगलादेशसँग सीमा जोडिएको भारतीय राज्य त्रिपुरा विगत एक हप्तादेखि साम्प्रदायिक हिंसाको चपेटामा परेको छ ।त्रिपुरामा बस्दै आएका मुस्लिम समुदायका कैयौं घर, व्यवसाय र मस्जिदमा हमला र तोडफोडका विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । त्रिपुरामा मुस्लिम जनसंख्या अल्पसंख्यक समुदायको रूपमा रहेको छ ।

घटनालाई लिएर अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । बढ्दो हिंसाका कारण सुरक्षाको विषयलाई लिएर आफूहरू निकै चिन्तित भएको मुस्लिम समुदायले बताएका छन् । बंगलादेशमा हिन्दु धर्माबलम्बीमाथि भएको आक्रमणको प्रतिक्रिया घटना भएको हो ।

बंगलादेशमा भड्किएको हिंसामा हिन्दुहरूको धर्मस्थल, आवास र व्यवसायिक क्षेत्रलाई निशाना बनाइएको थियो । बंगलादेशमा सो घटनामा कैयौं व्यक्तिलाई कारबाही गरिएको थियो । हिंसालगत्तै प्रधानमन्त्री शेख हसिना वाजेदले हिन्दू समुदायसँग छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू