अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

स्वास्थ्य बीमा निः शुल्क बनाउने स्वास्थ्य मन्त्री खतिवडाको योजना

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ८:०३ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा निःशुल्क बनाउने योजनामा आफू रहेको बताउनुभएको छ । उहाँले हाल स्वास्थ्य बीमाका लागि प्रति परिवारले ३५ सय रुपैयाँ तिर्नुपरेकोमा आगामी दिनमा यसलाई निःशुल्क बनाउने योजनामा आफू रहेको बताउनुभयो ।

स्वास्थ्य बीमामा सबै क्षेत्र र समुदायका मानिसहरू नसमेटिएको भन्दै मन्त्री खतिवडाले लोपोन्मुख, सिमान्तकृत समुदायका मानिसहरूलाई पनि स्वास्थ्य बीमामा समेट्ने उल्लेख गर्नुभयो । आफ्नो कार्यकालमा सुरुवात गरेर आगामी ५/६ वर्षसम्ममा हरेक नेपालीको स्वास्थ्य बीमा नेपाल सरकारले नै गर्न सक्ने व्यवस्था मिलाउने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू