अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

रोजगारीका लागि लामो समयदेखि बन्द रहेको मलेसिया जाने प्रक्रिया सुरु

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ८:०१ मा प्रकाशित

कोरोना महामारी सुरु भएपछि नेपाली कामदार मलेसिया जाने प्रक्रिया रोकिएको थियो । तर, मङ्गलवारबाट नेपाली कामदार मलेसिया लैजाने प्रक्रिया पुनः सुरु गरेको छ । यसबाट मलेसिया जाने तयारीमा रहेका हजारौं नेपाली कामदार उत्साहित भएका छन् । अरु देशमा भन्दा मलेसियामा रोजगारी पाउन र भिषा लाग्न पनि सजिलो तथा हावापानी पनि राम्रो भएकोले बर्षेनि २ लाखको हाराहारीमा नेपाली कामदार मलेसिया जाने गरेका थिए ।

तर कोरोनाका कारण २ वर्षदेखि मलेसिया जाने प्रक्रिया रोकिएको थियो । अब भने मलेसियाले कामदार लैजाने प्रक्रियामा आंशिक खुल्ला गरेपछि मलेसिया जान चाहनेहरू उत्साहित भएका छन् । मलेसियाले कामदार लैजाने प्रक्रिया सुरु गरेपछि रोजगारीमा जान चाहनेहरू मात्रै होइन, रोजगारीका लागि पठाउनेहरू पनि उत्साहित छन् । मलेसियामा नेपाली कामदार पठाउदै आउनुभएका एक जना मेनपावर कम्पनी व्यवसायी धुब्र प्रसाद उप्रेती । मलेशियाले हिजो मात्रै नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया आंशिक रूपमा खुला गरेको हो  ।

मपदण्ड अनुसार नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना सङ्क्रमण भए उपचार खर्च, क्वारेन्टाइन सहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्नेछ । श्रमिकलाई क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेशको अनुमति दिइएको छ भने मलेसिया पुगेपछि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । श्रम सम्झौता अनुसार भिसा प्रक्रियामा लागेको सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने छ । हिजो मलेसियाको प्रशासनिक केन्द्र पुत्रजायमा गृह र मानव संसाधन मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री हमजाह जैनउद्दिनले यस्तो बताउनु भएको हो ।

वैदेशिक रोजगार विभागले भने छिट्टै प्रकृया अगाडी बढाईने बताएको छ । मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान रोकेको थियो । कामदार लैजाने प्रक्रिया सुरु भएसँगै मलेसिया जान तयारी गरिरहेका ३७ हजार नागरिक खुसी भएका छन् । पहिलो चरणमा ३० हजार श्रमिकलाई मलेसिया जानेछन् भने बाँकी प्रक्रिया अनुसार जानेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू