अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८
| Colorodo: 20:53
साविक विजेता म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ ।गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ह्याम युनाइटेडले टाइ–ब्रेकरमा पराजित गर्योे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइ ब्रेकरमा वेष्ट ह्यामले बाजी मारेको हो । टाइ ब्रेकरमा साइद बेन्रहमाले निर्णायक गोल गर्दै वेष्ट ह्यामलाई ५–३ ले विजयी गराए ।
काराबाओ कपकै अन्य खेलहरुमा प्रेस्टनलाई २–० ले हराउँदै लिभरपुल, बर्न्लेलाई १–० ले हराउँदै टोटनह्याम हट्सपर तथा ब्राइटनलाई पेनाल्टी शुट आउटमा ४–२ ले हराउँदै लेष्टर सिटी पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।