अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

फ्रान्स र बेलायतबीच माछा मार्ने विषयलाई लिएर तनाव

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:५८ मा प्रकाशित

माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव उत्पन्न भएको छ । जसका कारण फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । फ्रान्स सरकारले हिजो बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’ अर्थात् माछा मार्ने डुङ्गालाई निषेध गर्ने बताएको हो ।

त्यस्तै फ्रान्सले च्यानल द्विप समूहमा इन्धन आपूर्ति बन्द गर्ने चेतावनी समेत दिएको छ । बेलायती जल क्षेत्रमा आफ्ना डुङ्गालाई थप पहुँच नदिएको खण्डमा नोभेम्बर २ देखि फ्रान्समा आउने बेलायती वस्तुमाथि कठाइका साथ भन्सार तथा स्यानिटरी चेकजाँच गरिने र सी फुडमाथि प्रतिबन्ध लगाइने फ्रान्स सरकारले बताउनुभयो । विशेषगरी बेक्जिटपछि बेलायतको अधिनमा रहेको स्वशासित च्यानल द्धिपसमूहमा माछा मार्ने अधिकारलाई दिएर दुबै मुलुकबीच विवाद उत्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू