अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

भारतद्वारा शक्तिशाली आणविक क्षेप्यास्त्रको सफल परीक्षण

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:५६ मा प्रकाशित

भारतले शक्तिशाली आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । चीनसँगको बढ्दो तनावकै बीच भारतले पाँच हजार किलोमिटर परसम्मको लक्ष्यमा प्रहार गर्न सक्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५ को सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

हिजो बुधवार बेलुका ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।जमिनबाट जमिनमा प्रहार गर्ने अन्तरमहाद्विपीय क्षेप्यास्त्रले तीन चरणको ठोस इन्धन प्रयोग गर्ने र उच्चस्तरको रहेको रक्षा मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।

अग्नि–५ को सफल परीक्षण भारतको विश्वसनीय न्यूनतम प्रतिरोधको नीति अनुरूप रहेको भारतीय रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । ‘अग्नि–५ को सफल परीक्षण भारतको विश्वसनीय न्यूनतम प्रतिरोधको नीति अनुरूप छ जसले पहिले प्रयोग नगर्ने प्रतिबद्धतालाई जोड दिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू