अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

सरकारद्धारा भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:४८ मा प्रकाशित

सरकारले तीन भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुनुहुन्थ्यो भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोग प्रमुख हुनुहुन्थ्यो । प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

सिफारिस भएका राजदूतहरूको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदुतलाई गत असोजमा सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै विभिन्न देशमा राजदुत पद रिक्त थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू