अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:४५ मा प्रकाशित

कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले विहीबार १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गरेको हो । जसअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने निर्णय भएको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार २१ मंसिरबाटै निर्वाचन प्रक्रिया सुरु हुनेछ भने २५ गते निर्वाचन हुनेछ । घिमिरेले जनाएनुसार ७ वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । त्यो भन्दा तल्ला तहको अधिवेशन भने जिल्लाहरु अनुसार तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू