अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

प्रहरी संगठनभित्र सुधारको काम गर्न लागेका छौं : गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ७:३२ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र सुधारका काम गर्न लागेको बताउनुभएको छ । साफ च्याम्पीयनसिप उपविजेता नेपाली फुटबल टिमका खेलाडीहरुलाई नेपाल तरुण दलले गरेको सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सरकारले प्रहरी संगठनभित्र सुधारको काम गर्न लागेको बताउनुभयो ।

प्रहरी जवानहरुलाई उत्साहित र उनीहरुको आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन नियमावली संशोधनको तयारी गरेको उहाँको भनाइ थियो ।

गृहमन्त्री खाँणले नेपाली कांग्रेसले सधैभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताउनुभयो । उहाँले आगामी वर्षको प्रतियोगितामा बिजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय विभूषणबाट सम्मान गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू