अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

शेयर बजार १८ अङ्कले बढ्यो, ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ७:१६ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ अङ्कले बढेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले बढेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेको छ । आज होटल, विकास बैंक, हाइड्रो र निर्माणबाहेक सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै तीन सय १७ अङ्कले बढेको छ ।

यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अङ्कले, माइक्रोफाइनान्सको ५८, व्यापारको २३, अन्यको २२ र बैंकिङ समूहको शेयर १३ अङ्कले बढेको छ । आज दुई सय २८ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज बेस्ट फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले बढेको छ । आज एभरेस्ट बैंक लिमिटेडको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । 

 

प्रतिक्रिया