अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

न्यायाधीश सुवेदी बिदा बसेपछि नेपाल र भट्टराईविरुद्ध मुद्दाको निर्णय पछि सर्यो

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:५१ मा प्रकाशित

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनको आदेश कात्तिक १५ गते ९सोमबार० नआउने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र नहकुल सुवेदीको संयुक्त इजलासले बहस सकेर निर्णय सुनाउने मिति सोमबारलाई तोेके पनि निसु ९निर्णय सुनाउने० मिति अर्को दिन सर्ने भएको हो।

न्यायाधीश सुवेदी ससुरा बुबाको उपचारका लागि बुधबार नयाँ दिल्ली गएपछि उक्त दिन आदेश नआउने निश्चित भएको स्रोतले बताएको छ । स्रोतले भनेको छ , ‘उहाँ बिहीबारदेखि बिदामा बस्नुभएको छ। १५ गते अगाडि फर्किने कार्यतालिका छैन।’ हालसम्म उक्त रिटमा आदेश के दिने भन्नेबारे राणा र सुवेदीले तय गरिसकेका छैनन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेलामै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुगेकाले उनीहरुमाथि पनि मुद्दा चलाउनु पर्ने माग गर्दै रिट निवेदन दिनुभएको छ । निवेदनमाथि गत असोज १८ गते नै सुनुवाइ सकिए पनि निर्णय सुनाउनका लागि सोमबारको मिति तोकिएको थियो।

ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छाडेको भन्दै न्यौपानले रिट निवेदन दिनुभएको हो । आयोग २०७६ माग २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायाधीश र बार आन्दोलित रहेका बेला उक्त मुद्दाको निर्णयलाई चासोका साथ हेरिएको छ। सत्ता गठबन्धनले राणाको राजीनामाबारे मुख नखोल्नुलाई त्यहीँ रिटसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू