अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

आईसीसी टी–ट्वान्टी वरीयतामा नेपाल यथावत

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:४४ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । टी–ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।

टी–ट्वान्टीमा इंग्ल्यान्ड शीर्ष स्थानमा रहदा भारत दोस्रो स्थानमा रहेको छ । पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ । एकदिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू