अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

सुडानका प्रधानमन्त्री हम्दोक रिहा

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:३५ मा प्रकाशित

सुडानका प्रधानमन्त्री अब्दुल्ला हम्दोक रिहा हुनुभएको छ । अस्ति सोमवार प्रधानमन्त्री हम्डकलाई अपदस्थ गरेर सत्ता नियन्त्रणमा लिएको सुडानको सेनाले अन्तर्राष्ट्रिय स्तरबाट दबाब आएपछि उहाँलाई रिहा गरेको बताएको छ । तर, सेनाले हम्दोकलाई ‘निकट निगरानीमा’ राखेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

सैन्य कू पछि अमेरिका र युरोपियन युनियनले सुडानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो । यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक सुरु हुनुभन्दा अगाडि नै हम्दोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू