अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५
| Colorodo: 11:50
भारतको राजधानी दिल्लीमा ५० प्रतिशत विद्यार्थी राखेर विद्यालयहरू खोलिने भएको छ । दिल्ली सरकारले आगामी नोभेम्बर १ अर्थात् आउँदो सोमवारदेखि विद्यालयहरू खोल्ने निर्णय गरेको छ । कोरोनाका कारण २०२० को मार्चदेखि बन्द रहेका विद्यालय अब खुल्ने भएका हुन् । यस्तै दिल्लीमा छठ पूजाका लागि पनि अनुमति दिइएको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले नोभेम्बर १ देखि दिल्लीका सबै विद्यालय र शैक्षिक संस्थालाई खोल्न अनुमति दिएको भएपनि विद्यालय जान नचाहने विद्यार्थीका लागि अनलाइन कक्षा जारी रहने बताउनुभयो ।