अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

सरकारले खरिद गरेको थप १० लाख २० हजार मात्रा खोप नेपाल आइपुग्यो

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:२४ मा प्रकाशित

नेपालले खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोपको थप १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ । सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल खोप मध्येबाट पहिलो चरणमा १० लाख २० हजार मात्रा आज बिहान नेपाल आइपुगेको हो ।

प्राप्त खोप टेकुस्थित भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ । हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ मात्रा खोप लगाइसकेको छ ।

यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० मात्रा खोप प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू