अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह ‘कलम’

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:२१ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिन्ह उपलब्ध गराएको छ । आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार ‘कलम’ चुनाव चिन्ह उपलब्ध गराइएको हो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिन्ह कलम माग गरिएको र सो चिन्ह एकीकृत समाजवादी पार्टीलाई उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ ।

एकीकृत समाजवादीले प्रस्ताव गरेको झण्डा पनि प्रदान गरिएको आयोगले जनाएको छ । जसमा रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिह्न अङ्कित हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू