अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि भोलि दिउँसो सम्मको समय

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:१८ मा प्रकाशित

बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले आज प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभएको थियो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू