अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन नागरिक आन्दोलनद्धारा दलहरूको ध्यानाकर्षण

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:१० मा प्रकाशित

बृहत्त् नागरिक आन्दोलनले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बृहत्त् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण गराएको हो । न्यायपालिकामा देखिएको संकट राजनीतिक दलहरूको राज्य सञ्चालन गर्ने कौशलको अभाव र आचरणको उपज भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबन्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्नेबारे प्रमुख दलहरूले आफ्नो दृष्टिकोण प्रस्ट पार्नु अपरिहार्य रहेको पनि विज्ञप्तिामा भनिएको छ । न्यायपालिकामा देखिएको संकट समाधानतर्फ जिम्मेवार हुनुको सट्टा सत्ता र प्रतिपक्षका दलहरूबीच प्रतिशोध साँध्ने प्रतिस्पर्धा देखिनु गैरराजनीतिक व्यवहार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू