अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको भन्दै बारले माग्यो माफी

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:०७ मा प्रकाशित

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनका कारण मुद्दाको सुनुवाइ हुन नपाएको सेवाग्राहीसँग माफी मागेको छ । बारका महासचिव लिलामणी पौडेलले केही दिन धैर्यधारण गर्न आग्रह पनि गर्नुभएकोछ । न्यायपालिकाको समग्र सुधारको अभियान सुरू गर्दा केही दिन पेसी सुनुवाइ स्थगित हुनसक्ने अवस्था देखिएको पनि उहाँले बताउनुभयो । महासचिव पौडेलले अनपेक्षित तर अनिवार्य परिस्थिति सिर्जना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीहरूमा पर्न जाने असुविधाका लागि माफी माग्नु भएको हो ।

उहाँले बारले न्यायपालिका सुधारका कार्यक्रमहरू लागू गराउने समेतका कार्यमा नेपाल बार एसोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्तिहरु र सेवाग्राही लगायत आम नागरिकहरुको पनि सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो । बारले यो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने भनि सुरू भएको आन्दोलनमा बार पनि सहभागी छ । न्यायाधीश, पूर्वन्यायाधीशसहित न्याय क्षेत्रका सबैले राणाले राजीनामा दिनुपर्ने भनिरहँदा उहाँले भने राजीनामा नदिने अडान लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू