अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

देशभर थप ८ जनाको कोरोनाका कारण मृत्यु, थपिए ६ सय ७२ नयाँ सङ्क्रमित

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:०५ मा प्रकाशित

नेपालमा गत २४ घन्टामा देशभर थप ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९ हजार ४ सय ९५ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १ सय ६७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय ८२ र २ हजार ३ सय २८ एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हाल सम्म आरटी पिसिआर विधिबाट ८ लाख १० हजार ८ सय ८० र एन्टीजेन विधिबाट ९४ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयको नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा सह प्रवक्ता डा.समिर कुमार अधिकारीले गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ४ सय ९५ जना स्वस्थ भएको बताउनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ८९ हजार १ सय २५ पुगेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८० पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ७७ हजार २ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर १० हजार ३ सय ७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू