अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

टी–२० विश्व कप : दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हरायाे

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ८:२० मा प्रकाशित

आईसीसी टी–२० विश्व कप अन्तर्गत ‘सुपर १२’ काे खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएकाे छ । आज दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएकाे हाे ।

वेस्ट इन्डिजले दिएकाे एक सय ४४ रनकाे लक्ष्य दक्षिण अफ्रिकाले मात्र दुई विकेट गुमाएर आठ बल अघि नै भेटायाे । दक्षिण अफ्रिकाका लागि एडम मारक्रमले अविजित ५१ रन बनाए । त्यस्तै रसी भान डेर डसेनले अविजित ४३ र रेजा हेन्ड्रिक्सले ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अकेल हुसेनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनायाे । वेस्ट इन्डिजका लागि इभिन लुइसले ५६ र कायरन पाेलार्डले २६ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका ड्वेन प्रिटरियसले तीन, केशव महाराजले दुई, कागिसाे रबाडा र एनरिच नाेकियाले एक/एक विकेट लिए ।

आजकाे जितसँगै दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्क बटुल्दै अङ्क तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ । दुई खेलमा दुई खेल नै हारेकाे वेस्ट इन्डिज भने तालिकाकाे पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू