अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सोचेका छैनौं– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ७:५० मा प्रकाशित

सत्तारुढ दलका एक घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने सोच नभएको बताउनुभएको छ । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले न्यायालय र यसको स्वतन्त्रतालाई कहिँकतैबाट आँच नआओस् भन्ने कुरामा आफूहरू सचेत रहेको बताउनुभयो ।

न्यायलयभित्रको विवाद न्याय क्षेत्रबाट छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले हिजोमात्र भएको गठबन्धनका तीन पार्टीको बैठकमा महाअभियोग लगाउनेबारे छलफल नभएको स्पष्ट पार्नुभयो ।एकजनालाई मन्त्री नियुक्त गरेको विषयले यहाँसम्म ठाउँ पाएको भन्दै प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसकै नेता भएका कारण मन्त्री बनाइएको प्रष्ट पार्नुभयो । तर, उहाँले राजीनामा दिएपछि नयाँ परिस्थीति बनेको बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा गर्नुलाई आफ्नो विजयी सुरुवातको रूपमा बुझ्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भन्ने कुरा चितवनका जनताले राम्रैसँग बुझ्ने भए नि त ? साथै उहाँले काभ्रेमा जीपलाइन चढेको विषयलार्ई ठूलो इस्यू नबनाउन आग्रह गर्दै आफू सधैं जनताको दुःख, पीडामा मल्हम लगाउन सक्रिय भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू