अफगानीस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानीहरू आफ्नो मुलुक छाडेर विभिन्न मुलुकमा शरणा लिन जान थालेका छन् । अमेरिकी सेनाले अफगानीस्तान छोडेपछि तालिवानले सत्ता कब्जामा लिएर सम्हाल्दै आएको केही समयमा अफगानीहरूले देश छाडेर अन्य देशमा शरण लिन थालेका हुन् ।तालिबानले सत्ता आरोहण गरेपछि त्यहाँका नागरिकहरू पश्चिमा मुलुक र आसपासका सुरक्षित मुलुक जानुका साथै भरत हुदै नेपाल सम्म प्रबेश गरिसकेका छन् । नेपाल र भारतबीच खुला सीमा र काठमाडौँमा राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको कार्यालय (यूनएचसीआर) रहेका कारण पछिल्लो समय अफगानी नागरिकहरू नेपाल नै प्रवेश गर्न थालेका हुन् ।
यूएनचसीआरको शरण र भरणपोषणसमेत पाउने हुनाले छिमेकी मुलुक भारत हुँदै उनीहरू नेपाल प्रवेश गर्न थालेका र अहिले नेपाल प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार ११ अफगानी नागरिक काठमडौँमा पक्राउ परेका छन् । आठ पुरुष र तीन महिलासहित ८ वर्ष, ११ र १७ वर्षको किशोरी समेत छन् । त्रिभुवन विमानस्थल अगाडिको फेसबुक होटलबाट अफगानीहरू पक्राउ परेका हुन् । उनीहरू सुनौली नाका हुँदै काठमाडौँ आएका थिए ।
पछिल्लो समय खुला सीमाका कारण नेपालमा विभिन्न मुलुकका नागरिकहरू सहजै आउन थालेका छन् । भारत हुँदै म्यानमार र अफगानीहरू प्रवेश गर्ने क्रम बढ्दै गएको छ । खुला सीमा र शरणार्थीको मान्यता पाउने लालसामा परी विदेशी नागरिकहरू काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँमा आउने गरेका बताइएकाे छ । शरणार्थी वा असाइलम सिकर बनेर अमेरिका, क्यानडा तथा अष्ट्रलिया जाने प्रलोभनमा परी यसअघि पनि रोहिंग्या शरणार्थी नेपालमा आएका थिए ।
पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरू पश्चिमा मुलुक गइसकेका कारण पनि नेपाल भित्रने छन् । नेपाल सरकारले हालसम्म दुई मुलुकका नागरिकलाई मात्र शरणार्थीको मान्यता प्रदान गरेको छ । भुटानी र तिब्बतीयन नागरिकले मात्र शरणार्थीको रुपमा नेपालभित्र सहज हिंडडुल गर्न पाएका छन् ।