अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

सेवासुविधा निश्चितताको माग गर्दै खेलाडी संघद्वारा मन्त्रीलाई ज्ञापनपत्र

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ७:३१ मा प्रकाशित

नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आफ्ना सेवासुविधा निश्चितताको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । संघले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन, तथा पदाधिकारीलाई सरकारले दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिन ध्यानाकर्षण गरेका हुन् ।

ओलम्पियन दीपक विष्टले सम्मानित तरिकाले दिँदै आएको सेवालाई निरन्तरा दिन आग्रह गर्नुभयो । ८ बुँदे ज्ञापनपत्रमा नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने, खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा उपलब्ध गराउनुपर्ने लगाएतका विभिन्न माग राखिएको छ ।

ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जीवन बिताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिनुभयो । यस्तै, उहाँले राष्ट्रिय खेलकुद परिषदमा रिक्त सदस्य सचिवको प्रक्रिया छिट्टै अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया