अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने : रामचन्द्र पौडेल

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ७:२१ मा प्रकाशित

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ । मंगलबार सिंहदरवारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको हो । उहाँले न्यायालयमा असहज परिस्थिती बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिती बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन ।’

वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता रहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ । सर्वोच्च अदालतका न्यायधीशहरुले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू