अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

शेयर बजार ७८ अङ्कले बढ्याे, ६ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ६:५४ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार ८७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ७८ दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ५१ दशमलव शून्य सात विन्दुमा पुगेको छ । आज पनि सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ४५ अङ्कले, होटल दुई सय ३२, विकास बैंक एक सय ८५ र हाइड्रोपावर समूहको शेयर एक सय २३ अङ्कले बढेको छ ।

यस्तै फाइनान्स समूहको शेयर एक सय ३६, निर्जीवन बीमा तीन सय १७, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूहको शेयर चार सय ९९ अङ्कले बढेको छ । आज दुई सय २१ कम्पनीका एक करोड १४ लाख ८६ हजार कित्ता शेयर ६ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । केही दिनअघिसम्म कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा हिजाे चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियाे । आज भने काराेबार रकम बढेर ६ अर्ब रुपैयाँ पुगेकाे हाे ।

आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । साना किसान विकास बैंक कम्पनीको शेयर भने सबैभन्दा धेरै दुई प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू