अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

नेपालमा थप ६ सय ६६ जनामा कोरोना पुष्टि, १२ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ६:३२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा पाँच सय ६९ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १२ हजार २० जनाको नमुना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये पाँच दशमलव ५४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नौ लाख चार हजार पाँच सय १३ जना पुगेको छ । जसमध्ये आठ लाख १० हजार दुई सय ९८ जनामा पीसीआर विधि र ९४ हजार दुई सय १५ जनामा एन्टिजेन विधिको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ६ सय २२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६ सय ३० पुगेको छ ।

यही अवधिमा ११ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ७२ पुगेको छ ।
अहिले नेपालमा १० हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये दुई सय ५२ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७३ हजार चार सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू