अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:४२ मा प्रकाशित

आज सोमवारका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि एमालेले भदौ १ गतेदेखि सुरू भएको हिउँदे अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू