अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

परिचयपत्र नभएका विदेशीलाई कोठा भाडामा नदिनू – गृह मन्त्रालय

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:३६ मा प्रकाशित

विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/ अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।

११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृह मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल गरेको हो ।

गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू