अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

चीनले बनायो सिमा सुरक्षा सम्बन्धि नयाँ कानुन

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:३५ मा प्रकाशित

चीनले सिमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले नयाँ कानुन पास गर्नुलाई अर्थपूर्ण मानिएको छ ।नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले पारित गरेको ‘ल्यान्ड बोर्डर्स ल’ ले गैर कानुनी रूपमा चीनको सीमापार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार प्रयोग गर्न अनुमति दिइएको छ ।

यस कानुनले सीमा क्षेत्र नजिक ड्रोन उडाउन पनि निषेध गरेको छ । सो कानुन अनुसार चीनले सीमाको आफ्नो तर्फको क्षेत्रमा यातायात, संचार र रक्षासँग सम्बन्धित पूर्वाधार निर्माण गर्न सक्नेछ ।बिना स्वीकृति कुनै पनि संगठन या व्यक्तिले स्थायी संरचना बनाउन पाउने छैनन् ।तर, सो कानुनले कुनकुन सीमा क्षेत्र चीनको भूमी हो भनी किटान गरेको छैन ।

गत वर्षको जुनमा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको घातक मुठभेडपछी दुई देशबीच उत्पन्न गतिरोध लामो समयदेखी कायमै छ । हालै सम्पन्न सैनिक स्तरीय सीमा वार्ता पनि विवाद समाधान गर्न सफल भएन । दुवै देशले सीमा क्षेत्रमा सैन्य उपस्थिति कायमै राखेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू