अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:३१ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो आइतवार २७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ८७ अङ्कभन्दा धेरैले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । आज बैंकिङ समूहको शेयर ३७ अङ्कले, होटलको ८१, विकास बैंक तीन सय एक, हाइड्रोपावर दुई सय, र फाइनान्स एक सय ७६ अङ्कले बढेको छ ।

त्यस्तै निर्जीवन बीमा समूहको शेयर चार सय ६७ अङ्कले, माइक्रोफाइनान्स एक सय २१ र जीवन बीमा समूहको शेयर पाँच सय ३७ अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । केही दिनयता कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा आज भने चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज दुई सय २९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता शेयर ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम दशैँ बिदापछिकै सबैभन्दा धेरै हो । आज १७ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज शाङ्ग्रिला विकास बैंक डिबेन्चरको शेयर भने चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू