अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

देशभरका ८ वाणिज्य बैङ्कलाई राष्ट्र बैङ्कको कारबाही

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:३० मा प्रकाशित

नेपाल राष्ट्र बैङ्कले देशभरका ८ वटा वाणिज्य बैङ्कलाई कारबाही गरेको छ । राष्ट्र बैङ्क सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्र बैङ्कको विभिन्न निर्देशन उलङ्घन गरेपछि ८ वटा बैङ्कलाई कारबाही गरेको हो । राष्ट्र बैङ्कले अन्तिम त्रैमासमा मात्रै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै ३ बैङ्कलाई कारबाही गरेको हो ।

राष्ट्र बैङ्कले चौथो त्रैमासमा नेपाल बङ्गलादेश बैङ्कलाई ३० हजार ३ सय २४ रुपैयाँ नगद जरिबाना गरेको छ । यस्तै प्रभु बैङ्कलाई ३५ हजार ६ सय ९५ रुपैयाँ नगद जरिबाना गरेको छ भने हिमालयन बैङ्कलाई भने दुई पटक जरिबाना लगाएको छ । यस्तै हिमालयन बैङ्कलाई प्रथम पटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ नगद जरिबाना गरेको नेपाल राष्ट्र बैङ्कको बैङ्क सुपेरीवेक्षण विभागले जनाएको छ ।

तेस्रो त्रैमासमा सिभिल बैङ्कलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन उलङ्घन गरेको भन्दै १० लाख रिबाना गरेको हो । यस्तै सोही त्रैमासमा बैङ्कलाई राष्ट्र बैङ्कले ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको बैङ्कका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिइएको केन्द्रीय बैङ्कले जनाएको छ । तेस्रो त्रैमासमा नैे प्रभु बैङ्कले राष्ट्र बैङ्कको एकीकृत निर्देशनमा गरेको व्यवस्था विपरित प्रभु बैङ्क, प्रभु मनि ट्रान्सफरबीच कारोबार गरेको भन्दै बैङ्कको तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैङ्कले जनाएको छ ।

त्यस्तै केन्द्रीय बैङ्कले दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कलाई प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरिबाना गरेको छ । राष्ट्र बैङ्कले ग्लोबल आइएमई बैङ्कलाई पनि सचेत गराएको जनाएको छ । राष्ट्र बैङ्कले आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैङ्कले सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको पालन नगरेको भन्दै २० लाख रुपैयाँ नगद जरिबाना गराएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू